आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा
काठमाडौं : आज राति देशभर बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेश प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको साथै एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस !