मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ विद्यार्थी दीक्षित

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ विद्यार्थी दीक्षित
सुन्नुहोस्

जनकपुरधाम : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा ४३ विद्यार्थी दीक्षित भएका छन्। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहबाट ब्याचलर इन नर्सिङ साइन्स (बीएनएस) प्रथम ब्याचका १३, दोस्रो ब्याचका १२ र तेस्रो ब्याचका १५ गरी ४० जना विद्यार्थी दीक्षित भएका छन्। 

यस्तै, एमडी/एमएस कार्यक्रममा १, ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच) कार्यक्रममा १ र अन्य कार्यक्रमबाट एक जना गरी कुल ४३ जना विद्यार्थी दीक्षित भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. विनोद कुमार यादवले जानकारी दिए। 

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति कृष्णप्रसाद यादवले मानव जीवनको अभिन्न अंगको रूपमा रहेको शिक्षा र स्वास्थ्यको सवालमा कुनै सम्झौता हुन नदिने बताए। उनले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि दक्ष चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी उत्पादन आवश्यक रहेको बताए।

मधेशका मुख्यमन्त्री समेत रहेका यादवले स्वास्थ्य शिक्षालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको दाबी गर्दै दक्ष जनशक्ति उत्पादन मार्फत प्रदेशको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए। मुख्यमन्त्री यादवले सीमित स्रोत–साधन र विभिन्न चुनौतीका बीच प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह आयोजना गर्न सफल हुनु प्रदेश सरकारका लागि गौरवको विषय भएको बताए।

उनले भने, ‘प्रतिष्ठान मधेशको गौरव हो। यसलाई सुविधा सम्पन्न र गुणस्तरीय शैक्षिक संस्थाका रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोगमा कुनै कमी हुन दिने छैन्।’ प्रतिष्ठानलाई शिक्षण, अनुसन्धान तथा नवप्रवर्तनको उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न आगामी दिनमा नयाँ योजना र कार्यक्रम सञ्चालन गरिने छ। 

प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले शिक्षण, अनुसन्धान र स्वास्थ्य सेवामार्फत राष्ट्रलाई दक्ष स्वास्थ्य जनशक्ति उपलब्ध गराउने उद्देश्यका साथ प्रतिष्ठान अघि बढिरहेको बताए। विभिन्न चुनौतीका बाबजुद पहिलो दीक्षान्त समारोह आयोजना गर्न सफल हुनु संस्थाका लागि ऐतिहासिक उपलब्धि भएको बताए। दीक्षित विद्यार्थीलाई समाज, राष्ट्र र मानव सेवाप्रति समर्पित भएर पेशागत जिम्मेवारी निर्वाह गर्न आग्रह समेत गरे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.