गृह मन्त्रालय सधैं सुरक्षाकर्मीको साथमा छ, ढुक्क भएर काम गर्नू : गृहमन्त्री
गोरखा : गृहमन्त्री सुधन गुरुङले आफ्नो गृहजिल्ला गोरखाका सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)लाई गृह मन्त्रालय सधैं सुरक्षाकर्मीको साथमा रहेको भन्दै ढुक्क भएर काम गर्न निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्ममा भएको ब्रिफिङमा गृहमन्त्री गुरुङले राष्ट्रको सुरक्षा, शान्ति–सुव्यवस्था तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका थिए। उनले कर्मचारीको मनोबल उच्च राख्न गृह मन्त्रालय आवश्यक सहयोग र समन्वयका लागि प्रतिबद्ध रहेको पनि बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका नायब महानिरीक्षक, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस !