कोरियामा मौसमी कामदार भिसाको दायरा फराकिलो बन्दै
दक्षिण कोरियामा मौसमी कामदार भिसाको दायरा फराकिलो बन्दै गएको छ। अब मौसमी कामदारको रूपमा अब ई-७-४ को परिवार र एफ-३ भिसामा रहेकाहरूले पनि काम गर्न पाउने भएका हुन्।
विद्यार्थी भिसामा आएको १ वर्ष पूरा भएको तर ग्रामीण क्षेत्रमा (ख्यङ्गी, इन्छन,सउल बाहिरका ) विद्यार्थीका अभिभावकलाई पनि काम गर्न मौसमी कामदारको रुपमा बोलाउन मिल्नेछ।
कोरिया सरकारले डि-१० भिसा भएकाहरूले पनि उक्त काम गर्न पाउने व्यवस्था गरेको छ। एफ-१ भिसामा भएकाहरूमध्ये एफ-१-२ बाहेककाले काम गर्न पाउने व्यवस्था भएको छ।
कोरियन सरकारले २०२६ का लागि मौसमी कामदारको विभिन्न क्षेत्रमा कोटा संख्या तोकिसकेको छ।
प्रतिक्रिया दिनुहोस !