प्रत्यक्ष कार्यकारी राष्ट्रपति माग्दै सडकमा युवा

प्रत्यक्ष कार्यकारी राष्ट्रपति माग्दै सडकमा युवा
सुन्नुहोस्

काठमाडौं : नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरु सडक आन्दोलनमा उत्रिएका छन् । समृद्ध नेपालको आधारका लागि आगामी २०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरुको एक समूहले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्रदेशहरुको खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग राखेका छन् । उनीहरुले नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजमा घट्ने अपराधहरू र अपराध अनुसन्धानका प्रक्रियाहरूलाई ध्यानमा राख्दै अपराधीहरूका लागि कडा भन्दा कडा सजायको कानुनी व्यवस्था हुनुपर्ने माग समेत राखेका छन् । 

सुकुम्बासी, भूमिहीन किसान र जग्गाको टुक्रा समेत नभएका देशका वास्तविक नागरिकहरूको समस्या सधैंका लागि उन्मूलन गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने पनि आफूहरुको माग रहेको सडक आन्दोलन उत्रिएका युवा अर्जुन विश्वकर्माले बताए । साथै उनीहरुले हाल अध्यापन गराइँदै आएका शैक्षिक पाठ्यक्रमहरूको पुनर्लेखन गरी सीप र प्रविधिमा आधारित व्यावहारिक पाठ्यक्रम निर्माण गरिनुपर्नेमा समेत जोड दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.