सञ्चारगृहका गेट अगाडि शंकास्पद पार्किङ गरिएका गाडी प्रहरीले नियन्त्रणमा लियो
काठमाडौं : काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर शंकास्पद पार्किङ गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको तीनकुनेस्थीत कान्तिपुर मिडिया हाउस,मध्यबानेश्वरस्थीत हिमालयन टेलिभिजन,नयाँ बानेश्वरस्थीत अनलाइनखबर मिडिया हाउसबाहिर सडक नै अवरुद्ध हुने गरि शंकास्पद रुपमा पार्किङ गरिएका गाडीहरूलाई प्रहरीले क्रेन प्रयोग गरेर प्रहरीले उठाएको छ । अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर राखिएको गाडी भने प्रहरीले साँचो प्रयोग गरेर चलाएर लगेको छ ।
उक्त गाडीहरू कसले र के प्रयोजनका लागि राखेको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच सञ्चारगृह बाहिर शंकास्पद पार्किङ गरिएका सवारी साधन भेटिएपछि नेपाल पत्रकार महासंघले सञ्चारगृहमा पुगेर छलफल गरेको छ ।
मध्यबानेश्वरस्थीत हिमालयन टेलिभिजनमा पुगेका महासघका अध्यक्ष निर्मला शर्माले सञ्चारमाध्यम र पत्रकारलाई त्रसित गराउने मनसायबाट भएको घटनाको छानविन हुनुपर्ने बताइन्। राज्यले नै सञ्चारमाध्यमलाई अंकुश लाउने काम गरेको उनले आरोप लगाइन्।
प्रतिक्रिया दिनुहोस !