शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ

शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ
सुन्नुहोस्

काठमाडौं : शिक्षा अधिकृतको शरीरमा मोबविल छर्किने वडा सदस्य पक्राउ परेका छन्। दाङको घोराही उपमहानगरपालिका-१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी पक्राउ परेका हुन्।

घोराही उपमहानगरपालिका-१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोविल छर्किएको उनीमाथि आरोप छ।

उनले असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोराले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकी उनको शरीरमा मोविल छर्किएका थिए । घटनापछि बुढाथोकी फरार रहेका थिए ।

सोही घटनामा अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा २०८३ असार २८ गते मुद्दा दर्ता भएको थियो । त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै असार २९ गते घोराही उपमहानगरपालिका-१५ बाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.