गणेश नेपालीको शव अन्त्येष्टिका लागि आर्यघाट लगियो

गणेश नेपालीको शव अन्त्येष्टिका लागि आर्यघाट लगियो
सुन्नुहोस्

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको शव अन्त्येष्टिका लागि सोमबार पशुपतिको आर्यघाट लगिएको छ।

सरकार,काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएपछि परिवारले शव बुझेको हो। सहमतिपछि पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गरी शवलाई अन्त्येष्टिका लागि आर्यघाट लगिएको हो।

यसअघि गणेश नेपालीको मृत्युपछि परिवारले निष्पक्ष छानबिन,दोषीमाथि कारबाही,मृतककी श्रीमतीको रोजगारी,छोरीको शिक्षाको सुनिश्चितता तथा उचित राहतको व्यवस्था नभएसम्म शव नबुझ्ने अडान लिएको थियो। सोही कारण शव केही दिन अस्पतालमै राखिएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको वार्तामा सरकार,काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि शव बुझ्ने वातावरण बनेको हो। सहमतिअनुसार मृतक परिवारलाई उचित राहत प्रदान गर्ने,मृतककी छोरीलाई उच्च शिक्षासम्मको व्यवस्था गर्ने, मृतककी श्रीमतीलाई रोजगारी उपलब्ध गराउने र घटना सम्बन्धमा निष्पक्ष छानबिन गर्ने सहमति भएको हो। 

साथै,अन्त्येष्टि,काजकिरिया,यातायात र परिवारको स्वास्थ्य बीमालगायतका व्यवस्थाको जिम्मेवारी पनि सम्बन्धित निकायले लिने सहमति भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.