अमेरिकाले फेरि आक्रमण थालेपछि इरानले बन्द गर्‍यो होर्मुज

अमेरिकाले फेरि आक्रमण थालेपछि इरानले बन्द गर्‍यो होर्मुज
फाइल फोटो
सुन्नुहोस्

इरान : इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेको एउटा जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण थालेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अर्को सूचना नआएसम्म उक्त महत्वपूर्ण जलमार्ग बन्द गरिएको घोषणा गरेको छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले अमेरिकाको ‘आक्रामकता’ को कडा जवाफ दिने चेतावनी समेत दिएको छ । अमेरिकी आक्रमण भएको केही घण्टामै आईआरजीसीले जोर्डनस्थित अमेरिकी सैन्य आधारमा हमला गरेको दाबी गरेको छ । यता संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत र बहराइनले पनि इरानबाट आएका क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेको बताएका छन् ।

यो तनाव यसै साताको सुरुवातमा तीनवटा व्यावसायिक तेल ट्यांकरमाथि भएको आक्रमणपछि बढेको हो । त्यसपछि अमेरिका र इरानबीच आक्रमण–प्रत्याक्रमण सुरु भएको थियो । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले आईआरजीसीले साइप्रसको झण्डा बोकेको जहाजमाथि ‘स्पष्ट रूपमा आक्रमण’ गरेपछि यो सातामा तेस्रो पटक आक्रमण गरिएको जनाएको छ ।

सेन्टकमका अनुसार एमभी जीएफएस ग्यालेक्सी नामको जहाजको इन्जिन कक्षमा ठूलो क्षति पुगेपछि त्यो आफ्नो यात्रा जारी राख्न नसक्ने अवस्थामा पुगेको थियो । एक जना नागरिक चालक दलका सदस्य अझै बेपत्ता रहेको बताइएको छ । अमेरिकाले इरानका १४० वटा सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ । तीमध्ये क्षेप्यास्त्र र ड्रोन केन्द्र, सञ्चार सञ्जाल तथा तटीय निगरानीस्थलहरू रहेका छन् ।

बेलायतको समुद्री व्यापार सञ्चालन संस्था (यूकेएमटीओ) ले सैन्य अधिकारीबाट जानकारी पाएको भन्दै जहाजका चालक दलका सदस्यहरूले जहाज छाडेर लाइफबोटमा जान बाध्य भएको जनाएको छ । सेन्टकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक जहाजमाथिका अघिल्ला आक्रमणका लागि जवाफदेही बनाइएपछि पनि इरानलाई सम्झौताको पालना गर्ने अर्को अवसर दिइएको थियो, तर उसले फेरि असफल भयो ।’

अमेरिकी रक्षा सचिव पिट हेगसेथले उक्त विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय ग¥यो । अब उसले यसको मूल्य चुकाउने छ ।’ आईआरजीसीले अमेरिकाले दक्षिणी तट क्षेत्रमा रहेका केही सैन्य आधार र सञ्चार टावरहरूलाई निशाना बनाएको आरोप लगाएको छ । जवाफी कारबाहीस्वरूप इरानले जोर्डनस्थित प्रिन्स हसन एयर बेस मा आक्रमण गरेको जनाएको छ । इरानका अनुसार त्यहाँको कमाण्ड तथा नियन्त्रण केन्द्र र एमक्यू–९ ड्रोन राख्ने संरचना नष्ट गरिएको छ ।

आइतबार बिहान इरानी सरकारी सञ्चारमाध्यमले नौसेनाले स्वीकृति नदिएको मार्गबाट जान खोजेको एउटा जहाजमाथि नौसैनिक क्रुज क्षेप्यास्त्र प्रहार गरेपछि होर्मुज जलडमरूमध्य बन्द गरिएको जनाएको थियो । आईआरजीसीका अनुसार पटक–पटक चेतावनी दिँदा पनि निर्देशन नमानेपछि उक्त जहाजलाई चेतावनीस्वरूप गोली चलाएर रोकिएको थियो । इरानले जलडमरूमध्य बन्द गर्ने निर्णयको विरोधमा अमेरिकाले कुनै ‘आक्रामक कदम’ चालेमा त्यसको कडा जवाफ दिने र यस क्षेत्रमा रहेका नयाँ अमेरिकी आधारहरूलाई निशाना बनाउने चेतावनी दिएको छ ।

इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफ, जो अमेरिकासँगको वार्ताका प्रमुख वार्ताकार समेत हुन्, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘एकतर्फी सम्झौताको युग समाप्त भयो ।’ उनले थप लेखेका छन्,‘“हामीले भनेका थियौं–आफ्नो वाचा पूरा गर, नत्र मूल्य चुकाऊ । अब वास्तविकता ढोका ढकढक्याइरहेको छ ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.