गृहमन्त्रीको प्रश्न : स्थानीय सरकार कसको छ ? गणेश नेपालीको बाइकमा ह्वील लक लगाएको कसले ?

गृहमन्त्रीको प्रश्न : स्थानीय सरकार कसको छ ? गणेश नेपालीको बाइकमा ह्वील लक लगाएको कसले ?

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ्गले आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको मोटरसाइकल (बाइक) मा ह्वील लक कसले लगाएको र स्थानीय सरकार कसको छ भन्दै संसदमा उल्टै प्रश्न गरेका छन् । गृहमन्त्री गुरुङ्गले गणेश नेपालीलाई बचाउनका लागि सबै प्रयास गरिएको, आफै फिल्डमा खटिएको बताउँदै उनले आफूहरुले गरेको प्रयासप्रति गरिएको आलोचनाप्रति आपत्ति जनाए । 


गृहमन्त्री गुरुङले स्थानीय सरकारको नेतृत्व पुरानै दलहरुमा रहेको बताउँदै भने, ‘रास्वपासँग वहुमत होला, तर देश तपाईहरुको पनि त होला ? अहिले देशमा तीन तहको सरकार रहेको बताउँदै गृहमन्त्री गुरुङ्गले प्रदेश र स्थानीय सरकार कसको छ ? कसले गणेश नेपालीको मोटरसाइकलमा ह्वील लगाएको हो भन्दै उल्टै प्रश्न गरेका छन् । गृहमन्त्री गुरुङ्गले नेपालीको मोटरसाइकलमा ट्राफिक प्रहरीले नभई महानगर प्रहरीले ह्वील लक लगाएको समेत जानकारी गराए ।

उनले गणेश नेपालीको उपचारको विषयमा माननीय सांसदहरुले घाँक्री फुट्ने गरी चिच्याएको बताउँदै गृहमन्त्री गुरुङ्गले प्रश्न गरे, ‘हिजो त्यहाँ अस्पतालमा कति जना माननीय हुनुहुन्थ्यो ?’ उनले सदनमा आएर घाँटी चिच्याउने गरी कराएर मात्र नहुने बताएका छन् । गृहमन्त्री गुरुङले मुखले बोलेर मात्र नहुने, मुखले बोलेको ५० औं वर्ष भइसकेको बताउँदै, जनताको सेवा हातले, ठाउँमा गएर गर्नुपर्ने बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.