गणेश नेपाली मृत्यु प्रकरणमा विपक्षीलाई गृहमन्त्रीको जवाफ : स्टण्ट गर्ने इच्छा छैन

गणेश नेपाली मृत्यु प्रकरणमा विपक्षीलाई गृहमन्त्रीको जवाफ : स्टण्ट गर्ने इच्छा छैन
सुन्नुहोस्

काठमाडौं : सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानविन समिति गठन गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा आत्मदाह घटनाका बारेमा जानकारी गराउँदै गृहमन्त्री सुधन गुरुङले उक्त घटनाको छानविनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिए ।

उनले उक्त घटनाको छानबिन तथा सोधपुछका लागि तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिइएको बताए । बोल्ने क्रममा निकै भावुक भएका गृहमन्त्री गुरुङले नेपालीको जीवन रक्षाका लागि सरकार गम्भीर भएर नै उपचारका लागि भारत लैजाने प्रयास गरेको उल्लेख गरे । तर चिकित्सकको सल्लाह अनुसार भारत लैजाने अवस्था नदेखिएपछि बीर अस्पतालमा नै चिकित्सकहरुले उपचारको सक्दो प्रयास गरेको उनले बताए ।

आत्मदाह घटनाप्रति बिपक्षी सांसदहरुले गरेको टिप्पणीप्रति गृहमन्त्री गुरुङले आफूलाई स्टन्ट गर्ने इच्छा नभएको भन्दै देशको सेवा गर्न आफू पछि नहट्ने उल्लेख गरे । उनले उक्त घटना संघीय सरकारको कारण नभइ स्थानीय सरकारको नियम पालना गराउने क्रममा घटेको बताए । घटनालाई लिएर वर्तमान सरकारलाइ आरोप लगाएको भन्दै उनले नेपालीले आत्मदाह गरेको घटना घटेको स्थानीय तहमा कुन दलको सरकार छ ? भन्दै प्रश्न गरे । त्यस्तै गृहमन्त्री गुरुङले देश बनाउनका लागि सत्तापक्ष र प्रतिपक्षी नभनी सवै एकै ठाउमा उभिनुपर्ने धारणा राखेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.