उत्तर कोरियाले गर्‍यो आफ्नो आणविक हतियार क्षमतालाई थप विस्तार गर्ने योजनाको घोषणा

उत्तर कोरियाले गर्‍यो आफ्नो आणविक हतियार क्षमतालाई थप विस्तार गर्ने योजनाको घोषणा
फाइल तस्बिर
सुन्नुहोस्

उत्तर कोरियाले आफ्नो आणविक हतियार क्षमतालाई थप विस्तार गर्ने योजनाको घोषणा गरेको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार देशले  गुणात्मक र मात्रात्मक दुवै स्तरमा आफ्नो आणविक क्षमतालाई बलियो बनाउने घोषणा गरेको हो। 

बीबीसीले उल्लेख गरेअनुसार उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्धित गतिविधिहरूको निगरानी गर्ने आफ्नो सैन्य गुप्तचर निकायको भूमिका पनि विस्तार गर्नेछ। उत्तर कोरियाको सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सीले पनि बिहीबार सत्तारूढ दलको केन्द्रीय सैन्य आयोगको बैठकमा यस विषयमा छलफल भएको रिपोर्ट गरेको छ।

उत्तर कोरिया आफ्नो आणविक कार्यक्रमलाई लिएर व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको अधीनमा छ। १९५० देखि १९५३ सम्मको कोरियाली युद्ध शान्ति सन्धि बिना नै समाप्त भयो। त्यसैले उत्तर र दक्षिण कोरिया कानुनी रूपमा युद्धमा छन्।

कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेशनका वरिष्ठ अनुसन्धानकर्ता होङ मिनले उत्तर कोरियाको कदमले प्योङयाङले अब दक्षिण कोरियालाई पहिलेभन्दा बढी शत्रु देशका रूपमा हेरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.