गाईलाई हटाएर गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईलाई हटाएर गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौं : आदिवासी जनजाति आयोगले गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव गरेको छ । संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सार्दै आयोगले राष्ट्रिय जनावर गाईलाई हटाएर गैँडा बनाउने प्रस्ताव गरेको हो।

आयोगले पत्रकार सम्मेलन गर्दै समय र परिस्थिति अनुसार जन आकांक्षा सम्बोधन गर्न र नयाँ शासन सञ्चालनका पुराना व्यवस्थालाई प्रभावकारी र परिवर्तनीय बनाउन संविधान संसोधन आवश्यक परेको भन्दै २५ बुँदे संविधान संशोधन प्रस्ताव प्रतिवेदन सार्वजनिक गरेको छ । 

आयोगले धारा-९ को उपधारा २ र ३ मा प्रदेश अनुसार सरकारी कामकाजको लागि तोकिएको भाषामा राष्ट्रिय गान गाउने व्यवस्था गर्न सकिने र राष्ट्रिय जनावर गाईको सट्टा गैँडा हुनेछ भन्ने प्रस्ताव गरेको हो। आयोगले गाई सबै धार्मिक (मुस्लिम) र साँस्कृतिक समुदाय (किरात, राई लगायत) को साझा हुन नसक्ने भएकोले परिवर्तन गर्नुपर्ने धारणा राखेको छ। 

null

यसैगरी राज्यको संरचना संघ, प्रदेश, स्थानीय र संरक्षित तथा स्वायत्त क्षेत्र गरी ४ तह हुने प्रस्ताव गरिएको छ।  प्रदेशसभाले प्रदेशको मुख्य मन्त्री र सभामुखको चयन गर्दा सम्बन्धित प्रदेशमा रहेको आदिवासी जनजाति, मधेशी, दलित र मुस्लीम समुदायको जनसंख्याको आधारमा उक्त समुदायका प्रतिनिधिलाई प्राथमिकता दिनुपर्ने आयोगको प्रस्ताव छ ।

आयोगले संविधान संसोधनले सर्वाभौम जनताको हक अधिकार र किनाराकृत समुदायको पहिचान, पहुँच र प्रतिनिधित्वको अवसरलाई अझ सरल, विश्वसनीय र सार्थक बनाउने विश्वास व्यक्त गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.