अमेरिकी हमलाप्रति इरानको आपत्ति, राष्ट्रसंघमा बुझायो विरोध पत्र

अमेरिकी हमलाप्रति इरानको आपत्ति, राष्ट्रसंघमा बुझायो विरोध पत्र
सुन्नुहोस्

काठमाडौं : इरानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद र संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिवलाई पत्र लेख्दै अमेरिकी हमलाको कडा विरोध गरेको छ।अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले अमेरिकी सैन्य कारबाहीको सम्बन्धमा सुरक्षा परिषदका अध्यक्ष र संयुक्त राष्ट्रसंघका महासचिवलाई औपचारिक विरोध पत्र पठाएको जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघका लागि इरानी प्रतिनिधि सईद इराभानीले अमेरिकाले पुनः एकपटक 'संयुक्त राष्ट्रसंघको बडापत्र र आफ्नो अन्तर्राष्ट्रिय दायित्वको स्पष्ट उल्लंघन गर्दै इरानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता विरुद्ध व्यापक सैन्य हमला सुरु गरेको' आरोप लगाएका छन्।

इरानी प्रतिनिधि इराभानीका अनुसार अमेरिकी कदम इरान र अमेरिकाबीच भएको 'इस्लामावाद एमओयू' (सहमति पत्र) को एक धाराको समेत उल्लंघन हो। यस ऐतिहासिक सहमति पत्रमा दुवै देशले हस्ताक्षर गरेका थिए भने गत महिना फ्रान्सको भर्साइल्स प्यालेसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा हस्ताक्षर गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.