यूएईलाई इरानको कडा चेतावनी: 'अमेरिकालाई सहयोग गरे गम्भीर मूल्य चुकाउनुपर्नेछ'

यूएईलाई इरानको कडा चेतावनी: 'अमेरिकालाई सहयोग गरे गम्भीर मूल्य चुकाउनुपर्नेछ'
फाईल तस्बिर
सुन्नुहोस्

काठमाडौं : इरानको संसदको राष्ट्रिय सुरक्षा आयोगका सदस्य इस्माइल कोसारीले संयुक्त अरब इमिरेट्स (यूएई) लाई कडा चेतावनी दिएका छन्। इरानमाथि हालै भएका आक्रमणहरूमा यूएईको हात रहेको आरोप लगाउँदै उनले अमेरिकालाई सहयोग गरेबापत यूएईले ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन्।

बीबीसी फारसीसँग कुरा गर्दै कोसारीले भने, 'यी गतिविधिहरू मार्फत यूएईले आफूलाई इरानका शत्रुहरूको पक्षमा उभ्याएको छ। उसलाई थाहा हुनुपर्छ कि यो समर्थनको मूल्य निकै भारी हुनेछ।'

कोसारीका अनुसार इरानी सशस्त्र बलको जनरल स्टाफले यसअघि नै 'आक्रमणकारी शक्तिहरूलाई कुनै पनि प्रकारको सहयोग' गरेमा कडा जवाफ दिने चेतावनी दिइसकेको छ। खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई यूएईले सहयोग पुर्‍याएको दाबी गर्दै कोसारीले थपे, 'कुनै पनि आक्रमणको स्थितिमा इरानी सशस्त्र बलले यूएईको समुद्री, रेल र हवाई यातायातका पूर्वाधारहरूका साथै त्यहाँका तेल र ग्यास प्लान्टहरूलाई निश्चित रूपमा निशाना बनाउनेछ।'

यसैबीच अमेरिकाले इरानी क्षेत्रहरूलाई लक्षित गरी तीव्र रूपमा आक्रमणहरू बढाएको छ। इरानले दाबी गरेअनुसार उसको महत्वपूर्ण बुशेहर न्यूक्लियर पावर प्लान्ट समेत अमेरिकी निशानामा परेको छ।

यो आणविक केन्द्रमाथि हमला भएमा यसले समग्र मध्यपूर्व  क्षेत्रमै ठूलो संकट निम्त्याउन सक्ने भन्दै सुरक्षा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। अमेरिका र इरानबीचको यो बढ्दो तनावले खाडी क्षेत्रमा युद्धको नयाँ मोर्चा खुल्ने खतरा बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.