आधा घण्टासम्म सिंहको नियन्त्रणमा परेका कालुभाइले कसरी जोगाए ज्यान ?
भारत : भारत भावनगर जिल्लाको गराजिया गाउँमा जुलाई ६ को बिहान सिंहहरूको एक समूहले पशु चराउँदै आएका कालुभाइ परमारमाथि आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् ।
उनको शरीरमा गम्भीर चोट लागेकाले उपचारका लागि करिब ६० किलोमिटर टाढाको सर तख्तसिंहजी जनरल अस्पतालमा भर्ना गरिएको स्थानीयले जनाएका छन् । भावनगर जिल्लामा मानिसमाथि सिंहले आक्रमण गरेको यो दोस्रो घटना हो । यसअघि जुन १८ मा पालिताना तालुकासँग जोडिएको महुवा तालुकाको गढडा गाउँमा नागजीभाइ गुजरियाको शव घर नजिकैको झाडीमा फेला परेको थियो । उनका परिवारले सिंहको आक्रमणबाट मृत्यु भएको दाबी गरेका थिए ।
कसरी भयो सिंहको आक्रमण ?
घटनाको पुष्टि गर्दै शेत्रुंजी वन्यजन्तु विभागका उपवन संरक्षक चिराग अमिनले गराजिया गाउँमा सिंहले एक किसानमाथि आक्रमण गरी घाइते बनाएको बताएका छन् । करिब ५० वर्षीय कालुभाइका अनुसार गाउँलेहरूले वन विभागलाई खबर गरे पनि टोली सिंह त्यहाँबाट नहटेसम्म घटनास्थलमा पुग्न सकेन। घटनाको भिडियोमा स्थानीयहरू चिच्याउँदै सिंहतर्फ ढुंगा हानेको देखिन्छ ।
सिंहले कसरी छोड्यो ?
कालुभाइका अनुसार गाउँलेहरूले धेरै प्रयास गरे पनि उनलाई बचाउन सकेनन् । भिडियोमा केहीबेरपछि सिंहले उनलाई छोडेर उनीसँगै बाँधिएका गाईतर्फ गएको देखिन्छ । तर गाउँका नेता करमशीभाइ चौहानका अनुसार सिंहले अन्ततः कुनै पनि गाईलाई क्षति पुर्याएन । उनका अनुसार सिंह पहिले गाउँमा पसेर एउटा खेततर्फ दौडिएको थियो । त्यहाँ रहेको भैँसीले सिङ देखाएपछि सिंह फर्किएको थियो ।
त्यसपछि कालुभाइको घर नजिक पुगेर दुईवटा गाई छाडेर उनीमाथि नै आक्रमण गरेको थियो । पछि उनलाई छोडेर फेरि गाईतर्फ गए पनि कुनै क्षति नगरी जंगलतर्फ फर्किएको थियो । आक्रमणमा कालुभाइको घाँटी, काँध र हातमा गम्भीर चोट लागेको छ । सुरुमा उनलाई पालितानाको अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि भावनगर पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस !