अधिकृत कुटपिट मुद्दामा आठ नगर प्रहरीविरुद्ध मुद्दा

अधिकृत कुटपिट मुद्दामा आठ नगर प्रहरीविरुद्ध मुद्दा
सुन्नुहोस्

जनकपुरधाम : निगौल गाई गौशाला व्यवस्थापन कार्यालयकी प्रमुख कान्तिकुमारी पाण्डेलाई दुव्र्यवहार गर्दै हातपात गरेको आरोपमा नगर प्रहरीबिरुद्ध मुद्दा चलाइएको छ । गत विहीबार गाई गौशालाको मञ्जुरी विनै जग्गामा ढल निकास गर्न खाजेपछि रोक्न गएका पाण्डेलाई हातपात गर्दै दुव्र्यवहारको भिडियो सार्वजनिक भएपछि नगर प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीले अपराधिक उपद्रव तथा हुलदंगा शीर्षकमा मुद्दा चलाइएको हो ।

निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख कान्तिकुमारी पाण्डेलाई दुव्र्यवहार गर्दै हातपात तथा कुटपिट गरेको आरोपमा पक्राउ परेका आठ जना नगर प्रहरीलाई जिल्ला अदालतबाट म्याद थप गरिएको जनाएको छ । पाण्डेले प्रहरीमा दिएको जाहेरीको आधारमा पक्राउ परेका गौशाला नगरपालिकाका आठ  जना नगर प्रहरीविरुद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पञ्चलाल गेलेले जानकारी दिए ।

जिल्ला प्रहरीले नगर प्रहरीहरु लक्ष्मी नारायण चौधरी, जुलेरप्रसाद सिंह, रितुकुमारी, रमेश पासवान, राजेशकुमार महतो, पानबहादुर लामा, अजयकुमार यादव र चन्द्रिकाकुमारी चौधरीलाई पक्राउ गरी अपराधिक उपद्रव तथा हुलदंगा मुद्दा चलाएको हो । यस मुद्दामा दोषि ठहरिए (मुलुकी अपराध संहिता, २०७४) अनुसार आपराधिक उपद्रव तथा हुलदङ्गा गर्ने कसुरदारलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । थप नोक्सानी गरेमा वा  सम्पत्तिमा क्षति पुर्‍याएको प्रमाणित भएमा कसुरदारबाटै क्षतिपूर्ति समेत भराइन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.