युक्रेनले प्रमुख रूसी तेल टर्मिनलमा आक्रमण गरेपछि रूसले के भन्यो ?
युक्रेनले प्रमुख रूसी तेल टर्मिनलमा आक्रमण गरेको छ। युक्रेनले हिजो राति रुसको उत्तरपश्चिमस्थित दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गमा रहेको एक प्रमुख तेल टर्मिनलमा आक्रमण गरेको हो।
युक्रेनी राष्ट्रपति भ्यालिदिमर जेलेन्स्कीले यस क्षेत्रमा रहेको एक प्रमुख रूसी नौसेना अड्डामा पनि आक्रमण गरिएको बताएका छन्।
सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्ज्याण्डर बेग्लोभले शहर ठूलो ड्रोन आक्रमणबाट प्रभावित भएको बताए। उनले तेल टर्मिनलमा क्षति भएको स्वीकार गरे। उनले कुनै पनि हताहतबारे जानकारी दिएनन्।
युक्रेनले हालै रुसको महत्वपूर्ण ऊर्जा पूर्वाधारमा लामो दूरीका ड्रोन आक्रमणहरू तीव्र पारेको छ। जसले गर्दा ठूलो मात्रामा इन्धन अभाव भएको छ। युक्रेनले रुसको तेल प्रशोधन क्षमताको लगभग ४३ प्रतिशत नष्ट भएको बताएको छ। यद्यपि, यो दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता भएको युक्रेनी आक्रमणका कारण इन्धन अभाव भएको स्वीकार गर्दै शनिबार घरेलु इन्धन बजारमा आपूर्ति बढाउने विधेयकलाई अनुमोदन गरेका छन्।
प्रतिक्रिया दिनुहोस !