बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
सुन्नुहोस्

काठमाडौं : कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ।

विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। 

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिए। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलनजस्ता प्रविधि विस्तारमा जोड दिइएको उनले बताए।

कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र ३ वर्णशंकर जात प्रवर्द्धन, २१ जोन र ५ सुपरजोनमार्फत वर्खे तथा चैते धानमा यान्त्रिकीकरण प्रवर्द्धन र मूल्य शृङ्खला विकास गरिने छ। चैते धान प्रवर्द्धनमा किसानलाई अनुदान उपलब्ध गराइने छ।

विभागले यस वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का ८ स्थानीय तहमा सुरु गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.