विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : अनिवार्य ढाका टोपी लगाउनू

विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : अनिवार्य ढाका टोपी लगाउनू
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्यरूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्। स्रोतका अनुसार शुक्रबार राति विमानस्थलको निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्किने गरी कार्यालय समयमा कर्मचारीलाई ढाका टोपी लगाउन निर्देशन दिएका हुन्।

गुरुङले विमानस्थल विदेशी नागरिकले नेपाल प्रवेश गर्दा सबैभन्दा पहिले देख्ने स्थान भएकाले अध्यागमन कर्मचारीको पोसाक, व्यवहार र सेवाले देशको छवि निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन्। गृहमन्त्री गुरुङले सेवाग्राहीमैत्री, अनुशासित र मर्यादित सेवा प्रवाहसँगै नेपाली संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त निर्देशन दिइएको जनाइएको छ। 

सरकारले यसअगाडि ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१’ ल्याएको थियो। निर्देशिकाको ५ नम्बर बुँदामा ‘स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने’ सम्बन्धी व्यवस्था छ।

‘सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोशाक प्रयोग गर्नु पर्नेछ,’ दफा ५(१) मा छ। कसैलाई उपहार दिँदा समेत स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने जोड दिइएको छ ‘सार्वजनिक निकायका पदाधिकारीले कुनै उपहार प्रदान गर्दा स्वदेशी वस्तु प्रयोग गर्नु पर्नेछ’ निर्देशिकाको दफा ५ (२) मा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.