आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना
सुन्नुहोस्

काठमाडौं : आज राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ।  गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ। 

कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना विभागले जनाएको छ। 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको थोरै  स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना विभागले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.