काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह आईको खेलमा नर्वेले सेनेगललाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। न्यूर्योक, न्यूजर्सी स्टेडियममा भएको खेलमा पहिलो हाफमा १–० को अग्रता बनाएको नर्वेले दोस्रो हाफमा २ गोल गर्दै २ गोल बेहोर्यो।
नर्वेको लागि एर्लिङ हालान्डले २ गोल गर्दा मार्कस पेडरसनले १ गोल गरे। सेनेगलका लागि इस्माइल सार्रले २ गोल फर्काए पनि जितको लागि पर्याप्त भएन।
पहिलो हाफमा मार्कस पेडरसनले खेलको ४३ औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा हालान्डको जादु चल्यो। एर्लिङ हालान्डले खेलको ४८ औं मिनेटमा गोल गरे।
हालान्डको गोलमार्फत २–० को अग्रता बनाएको नर्वेविरुद्ध खेलको ५३ औं मिनेटमा सेनेगलले गोल फर्कायो। सेनेगलका लागि इस्माइल सार्रले गोल गरे।
खेलको ८३ औं मिनेटमा साडियो मानेले राम्रो अवसर पाए। तर त्यसमालाई सदुपयोग भने गर्न सकेनन्।
खेलको ९० मिनेटमा थप गरिएको ९ मिनेटको तेस्रो मिनेटमा इस्माइलले दोस्रो गोल फर्काए। अन्तिम समयसम्म पनि खेल बराबरी बनाउन लागि परेको सेनेगल सफल भने भएन। नर्वेले पहिलो खेलमा इराकलाई हराएको थियो। यसअघि, यहि समूहको खेलमा फ्रान्सले इराकलाई हराउँदै राउन्ड अफ ३२ मा प्रवेश गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !