काठमाडौं : विश्वकप २०२६ अन्तर्गत सोमबार बिहान भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा भएको खेलमा पहिलो हाफमा उरुग्वेले २–१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा केप भर्डेले गोल फर्काउँदा खेल बराबरीमा सकिएको हो।
खेलको २१ औं मिनेटमा केभिन पिनाको गोलमा केप भर्डेले अग्रता लिएको थियो । तर ४४ औं मिनेटमा उरुग्वेका म्याक्सिमिल्लानोले गोल गर्दै खेल बराबरीमा ल्याए । लगत्तै उरुग्वेका अगस्टिनले गोल गर्दै पहिलो हाफ उरुग्वे २ र केप भार्डे १ को स्थितिमा थियो । खेलको ६१ औं मिनेटमा केभ भर्डेका हेलियो भरेलाले गोल गर्दै खेल फेरि २–२ को बराबरीमा ल्याए ।
यो खेलमा उरुग्वेले केप भर्डेसँग अंक बाँड्दै २ समूह एच को अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। केप भर्डे तेस्रो स्थानमा रहेको छ। आइतबार भएको खेलमा स्पेनले साउदी अरेबीयालाई ४–० ले पराजित गरेको थियो। साउदीलाई पराजित गर्दै स्पेन समूह एच को शिर्ष स्थानमा रहेको छ। साउदी भने २ खेलमा १ हार र १ बराबरीसहित १ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ।
प्रतिक्रिया दिनुहोस !