काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा ट्युनिसियालाई ४–० ले पराजित गरेको छ। स्टाडियो मेन्टारीमा भएको खेलको पहिलो हाफमा २–० को अग्रता बनाएको जापानले दोस्रो हाफमा २ गोल थप्यो। जापानको जितमा आयसे उएदाले २ गोल गर्दा दाइची कामादा र जुन्या इटोले १–१ गोल गरे।
खेलको सुरुवाती मिनेटबाटै नै जापानले ट्युनिसियाविरुद्ध दबाब बनाएको थियो। खेलको चौथो मिनेटमा दाइची कामादाले गोल गरेका हुन्। नाकामुराबाट बायाँबाट आएको पास कामादाको खुट्टाको पछाडि लाग्दै गोल भएको हो।
खेलको ३१ औं मिनेटमा जापानका स्ट्राइकर आयसे उएदाले जापानको लागि दोस्रो गोल गरेका थिए। खेलको ६९ औं मिनेटमा जापानले तेस्रो गोल गर्यो। पहिलो हाफमा २ गोल गरेको जापानले तेस्रो गोलका लागि केही समय लियो। जापानका मिडफिल्डर जुन्या इटोले डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गतिसहित फिनिस गरे।
खेलको ८३ औं मिनेटमा जापानका स्ट्राइकर उएदाले व्याक्तिगत दोस्रो र टिमको लागि चौथो गोल गरे। विश्वकपको यो १ हजारौं खेल थियो। जसको लागि यो खेल खेलाएका रोमानियाका इस्तानभान कोभाक्सले जर्सीमा ‘म्याच १ हजार’ लेखिएको ब्याच अंकित गरिएको थियो।
सन् १९३० बाट सुरुभएको विश्वकपको यो १ हजारौं खेल थियो। आजको खेलमा जापानसँग पराजित हुँदा ट्युनिसियाको भने विश्वकप यात्रा सकिएको छ।
प्रतिक्रिया दिनुहोस !