दमकमा लागुऔषधसहित महिला पक्राउ

दमकमा लागुऔषधसहित महिला पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : झापाको दमकमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–४ निवासी ४२ वर्षीया रिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

इलाका प्रहरी कार्यालय दमक र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा आइतबार बिहान करिब १० बजे तामाङको घरमा खानतलासी गरेको थियो। 

खानतलासीका क्रममा उनले सुत्ने कोठाको टेबलमुनि राखिएको झोलाभित्रबाट ट्रामाडोल हाइड्रोक्लोराइड ३७० क्याप्सुल तथा डाइसाइक्लोमिन हाइड्रोक्लोराइड ५६० ट्याब्लेट फेला परेको थियो । 

बरामद औषधि बिक्री–वितरणका लागि राखिएको आशंकामा प्रहरीले तामाङलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेको जनाइएको छ ।  

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.