कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा कुन ठाउँमा कहिलेसम्म ?

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा कुन ठाउँमा कहिलेसम्म ?

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ठाउँ अनुसार समयसीमा निर्धारण गरेको छ। 

महामन्त्री एवं संयोजक प्रदीप पौडेलको अध्यक्षतामा कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठक उक्त समयसीमा निर्धारण गरेको हो। अनलाइनमार्फत प्रविष्ट भएका फाराम वडा तहबाट आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिले निर्देशन दिएको छ। 

इन्टरनेटको पहुँच अति कम भएका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी जिल्लाका केही पालिकाहरु तथा क्रियाशील सदस्यता अद्यावधिक ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय मिति २०८३ असार ७ गतेसम्म कायम गरिएको छ।

नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य मिति २०८३ असार १० गतेसम्म कायम गरिएको छ। क्रियाशील फाराम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण कार्य २०८३ असार २० गतेसम्मका लागि कायम गरिएको छ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्य छन्। जसमध्ये जेठ २८ गते राति १२ बजेसम्म वडा तहमार्फत अद्यावधिक सम्पन्न भएका तथा डिजिटल प्रणालीमार्फत स्वयं अद्यावधिक फाराम भरी वडा तहमा अनुमोदनको प्रक्रियामा रहेका गरी ६ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको समितिले जनाएको छ। 

उक्त संख्यामध्ये ५ लाख ३८ हजार ६२२ क्रियाशील सदस्यहरुले एनसीआईडी प्राप्त गरिसकेका छन्। १ लाख ४९ हजार ३०९ जना क्रियाशील सदस्यहरूले पेश गरेको स्वयं अद्यावधिक फाराम डिजिटल प्रणालीमा प्रविष्ट भई वडा तहमार्फत अद्यावधिकको प्रक्रियामा रहेको छ।

nullnullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.