धार्के बजारमा कालोपत्रे सुरु, स्थानीयलाई राहतको आशा

धार्के बजारमा कालोपत्रे सुरु, स्थानीयलाई राहतको आशा
सुन्नुहोस्

धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा सडक कालोपत्रेको काम सुरु भएको छ । लामो समयदेखि सुस्त गतिमा अघि बढिरहेको सडक विस्तार तथा स्तरोन्नति आयोजनाले पछिल्लो समय गति लिएसँगै स्थानीयवासी, व्यवसायी र यात्रुमा राहतको आशा जागेको छ ।

nullकाठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गको महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा रहेको धार्के बजारमा सडक निर्माणको काम लम्बिँदा स्थानीयले धुलो, हिलो र जामको समस्या झेल्दै आएका थिए । विशेष गरी सुक्खा याममा अत्यधिक धुलो र वर्षायाममा हिलोका कारण जनजीवन प्रभावित हुने गरेको थियो। स्थानीय व्यवसायी हरि तिमिल्सिनाले सडक निर्माणमा भएको ढिलाइले व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको बताए । उनका अनुसार धुलोका कारण पसलमा राखिएका सामान बिग्रने, ग्राहक आउन असहज मान्ने र बजारको वातावरण प्रभावित हुने अवस्था थियो । 

nullस्थानीय आशिष ठकुरीले सडकको दुरावस्थाका कारण यात्रु तथा सवारी चालकले लामो समयदेखि सास्ती खेप्नु परेको बताए । जाम, खाल्डाखुल्डी र निर्माण सामग्रीका कारण यात्रा कठिन बन्नुका साथै दुर्घटनाको जोखिम समेत बढेको उनको भनाइ छ । नागढुंगा–मुग्लिन सडक आयोजना (पूर्वी–खण्ड) का प्रमुख केशवप्रसाद ओझाले धार्के बजार क्षेत्रमा कालोपत्रेको काम सुरु भएको जानकारी दिए । उनले निर्माण कार्यलाई तीव्रता दिइएको र तोकिएको समयभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.