होटलमा बसेका भारतीय युवकको अस्पताल पुर्‍याउना साथ मृत्यु

होटलमा बसेका भारतीय युवकको अस्पताल पुर्‍याउना साथ मृत्यु
सुन्नुहोस्

विराटनगर : विराटनगरको एउटा होटलमा बसेका एक जना भारतीय युवकको अस्पताल पुर्‍याउना साथ मृत्यु भएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार भारत बिहार सहरसाका २४ वर्षीय प्रिन्स कुमार को मृत्यु भएको हो । प्रिन्स विराटनगर महानगरपालिका–१० स्थित शुभ होटलमा कोठा लिएर बसेका थिए । 

होटलको कोठामा शनिबार राति ११ बजेतिर अचानक बिरामी परेका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउना साथ उनलाई चिकित्सकले मृत घोषणा गरिदिएको डीएसपी मिश्रले बताए । 

घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी लोकेन्द्रसिंह गुरुङ र जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर अभिषेक श्रेष्ठ नेतृत्वको अलग–अलग टोली खटिएको थियो । प्रिन्सको मृत्युको कारण खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी मिश्रले दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.