फूल टिप्न जाँखा आँगनमै हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय अगाडि बस्ने ६२ वर्षीया पद्मा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीयका अनुसार वृद्धा पौडेल बिहानै उठेर पूजाका लागि फूल टिप्न आँगनमा पुगेकी थिइन् । गाउँमा हात्ती आएको भन्दै स्थानीयले कराउँदै थिए । गाउँमा हात्ती आएको थाहा पाएर घरभित्र पस्न खोज्दा हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु हो ।
पद्मासँगै रहेका अन्य दुई जनाले भने लुकेर ज्यान जोगाएको स्थानीय बताउँछन् । घटना पश्चता प्रहरी चौकी बाहुनडाँगी र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोली घटनास्थल पुगेका थिए । प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रियापश्चात पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुरमा पठाएको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !