अधिवेशनस्थलमा कार्यकर्ताको नाराबाजी

रास्वपामा विवाद : बागमती प्रदेश अधिवेशन स्थगित

रास्वपामा विवाद : बागमती प्रदेश अधिवेशन स्थगित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन स्थगित भएको छ।  मतपत्र र मतदाता नामावली र उम्मेदवारको विषयलाई विवाद देखिएपछि बागमती प्रदेश अधिवेशन स्थगित भएको हो। 

राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापति पदका लागि  नुवाकोटका सांसद अच्युतम लामिछाने, काभ्रेका सांसद् बदन भण्डारी, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान शाक्य र रामेछापका हरिबहादुर खत्रीले उम्मेदवारी दिएका थिए।

अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहेपनि आकांक्षी आफ्नो दाबीबाट पछि नहटेपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेर मतदान सुरु गरेपछि थप विवाद भएको हो। अहिले प्रहरीले कार्यक्रम स्थल खाली गराइरहेको छ। अधिवेशनस्थलमा कार्यकर्ताले नाराबाजी गरेका छन्।

रास्वपाको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ। समितिमा एक सभापति, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता तथा सदस्यहरू रहने व्यवस्था छ। सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य रहने प्रावधान विधानमा छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले भने एक सूचना जारी गर्दै प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नुपरेको जानकारी दिएको छ। 

अधिवेशन पूर्ण रूपमा रद्द भएको भन्ने भ्रामक सूचना फैलिएको प्रतिनिधिहरू मतदान स्थलबाट फर्किएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोगले सबै प्रतिनिधिहरूलाई मतदानका लागि मिल्ने गरी नयाँ मिति मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै सार्वजनिक गरिने उल्लेख छ।

‘हिजो जेठ २६ गतेदेखि सञ्चालन भइरहेको बागमती प्रदेश अधिवेशन रद्द भएको नभई मतपत्र, मतदाता नामावली, र ४०० जनाको समायोजन सूचीको प्राविधिक प्रमाणीकरणका लागि अस्थायी रूपमा स्थगन मात्र गरिएको हो।’ विज्ञप्तिमा भनिएको छ।  ‘यी प्राविधिक सुधार र जनशक्ति थप गरी प्रक्रिया सहज बनाउनासाथ, सबै प्रतिनिधिहरूलाई मतदानका लागि सुविधाजनक समय मिल्ने गरी नयाँ मिति र विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै आधिकारिक रूपमा सार्वजनिक गरिनेछ।’ 
 

nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.