वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोषितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धी छलफलमा बोल्दै उनले प्रधानमन्त्री र ममाथि नियोजितरुपमा घेराबन्दी भएको बताएका हुन्।

 ‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,’अर्थमन्त्री वाग्लेले भने,‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोषितबाट  प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।’

सार्वभौम संसदका माननीज्यूहरु पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन उनको आग्रह छ। संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनको भनाई छ। ‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ,म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ।’

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.