काठमाडौंमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजेर अनैतिक गतिविधि गराउने १६ पक्राउ
काठमाडौं : काठमाडौंमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुरको मनहरी गाउँपालिका-२ घर भई काठमाडौं बस्ने ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाहीको लालबन्दी नगरपालिका-१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका-८ का २८ वर्षीय विवेक स्याङ्तान तथा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका-९ शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन्।
यस्तै पेमा लामा, अन्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङलाई पनि नियन्त्रणमा लिइएको छ।
फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाइ गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्याई यौनजन्य गतिविधि गराउने कार्यमा उनीहरू संलग्न रहेको अनुसन्धानमा खुलेको छ।
थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !