नवलपरासी कांग्रेसमा झण्डै पाँच हजार क्रियाशील सदस्य अद्यावधिक
परासी : नेपाली कांग्रेस नवलपरासीका झण्डै पाँच हजार बढी क्रियाशील सदस्यले सदस्यता अद्यावधिक गरेका छन् । जिल्लामा करिब सात हजारले नवीकरण गराइसकेका थिए ।
तीमध्ये जिल्लाको क्षेत्र नम्बर–१ बाट झण्डै २२ सय र क्षेत्र नम्बर–२ बाट २८ सयको हाराहारीका क्रियाशील सदस्यहरुले सदस्यता अद्यावधिक गराइसकेको जिल्ला सचिव कुलदिप आचार्यले जानकारी दिए । १५ औं महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसले सदस्यता अद्यावधिक गरिरहेको छ ।
विभिन्न जिल्लाबाट समय थप गर्न माग गरिएकाले जेठ २८ गतेसम्मका लागि समय थप गरिएको छ ।
‘केही कारबाहीमा परेका छन् । चुनावको समयमा अन्य दललाई अप्रत्यक्ष सहयोग गरेकाहरुको पनि निगरानी भएकाले उनीहरु अद्यावधिक गराउन आएका छैनन्’, जिल्ला सचिव आचार्यले भने । सात हजारमा झण्डै ५ हजारले गरिसकेको र अद्यावद्यिक नगरिने र गर्न नआउने झण्डै ३ सयको हाराहारीमा रहेकाले बाँकी रहेका सदस्यहरुले २८ गतेभित्र गरिसक्ने आचार्यले बताए । अद्यावधिकका लागि प्रत्येक वडामा वडा सभापति र प्रतिनिधिलाई खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस !