अर्थमन्त्री वाग्लेमाथि छानबिन हुनुपर्छ, आफैंले छानबिन गराउने होइन : रामकुमारी झाँक्री
उनले सामाजिक सञ्जालमा भनेकी छन्,‘तपाईँलाई आरोप लाग्यो। तपाईँमाथि प्रश्न उठ्यो, तपाईमाथि नै छानबिन हुनुपर्छ। तर तपाईँले छानबिन गराउने होइन। तपाईंमाथिको छानबिन संसदले वा संसदले बनाएको समितिले गर्नसक्छ र गर्नुपर्छ।’
काठमाडौं : राष्ट्रियसभाकी सांसद् रामकुमारी झाँक्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि उठेका आरोपहरूको छानबिन संसद् वा संसदले गठन गरेको समितिबाट हुनुपर्ने बताएकी छन्। आरोप लागेको अर्थमन्त्री वाग्ले आफैंले छानबिन गराउनु उचित नहुने भन्दै उनले निष्पक्ष अनुसन्धान गर्न संसदीय समिति वा संसदले बनाएको समितिले मात्र गर्न सक्ने बताएकी हुन्।
उनले सामाजिक सञ्जालमा भनेकी छन्,‘तपाईँलाई आरोप लाग्यो। तपाईँमाथि प्रश्न उठ्यो, तपाईमाथि नै छानबिन हुनुपर्छ। तर तपाईँले छानबिन गराउने होइन। तपाईंमाथिको छानबिन संसदले वा संसदले बनाएको समितिले गर्नसक्छ र गर्नुपर्छ।’
उनले अर्थमन्त्री वाग्ले विगतमा योजना आयोगको सदस्य तथा उपाध्यक्षका रूपमा राज्य संयन्त्रभित्र रहेर काम गरेको र बजेट तथा आर्थिक नीतिका विषयमा विपक्षी बेन्चमा रहँदा पटक–पटक प्रश्न उठाउने व्यक्तित्व रहेको स्मरण गराइन्। एमाले नेतृ झाँक्रीले अर्थमन्त्रीको हैसियतले गरेको यो आर्थिक अपराध नयाँको नाममा केही होइन भनेर चुप बसिदिनु पर्ने हो भन्दै प्रश्न गरिन्।
‘अर्थमन्त्री स्वर्णिम वाग्लेज्यू हिजो जे जे बेथिति थिए भन्नु हुन्छ नि, तपाई Power Politics को नजिक र राज्यको संयन्त्रमै हुँदा जस्तोः योजना आयोगको सदस्य र उपाध्यक्ष हुँदै गर्दा त्यो प्रणाली भित्रको चलायमान र जान्ने खेलाडी हो। तपाई विपक्ष बेन्चमा हुँदा बजेट र बजेटबारे बोलेको भिडियोहरू छ्यापछ्याप्पी भेटिन्छन्।’ उनले भनेकी छन् ‘अरू कसैले गरेको आर्थिक अपराध, संगठित अपराध, प्रणाली खरिद गरेको मानिने तर तपाई अर्थमन्त्रीको हैसियतले गरेको यो आर्थिक अपराध “नयाँ” को नाममा केही होइन, यस्तै हुन्थ्यो भनेर चुप बसिदिनु पर्ने हो? अनि छानबिन ? दुधको साक्षी बिरालो ? तपाईंले नै तपाईंले गरेको अपराध र देशद्रोही कदमको कर्मचारी माथि छानबिन गराउने? तपाईंले के बोल्नु भएको थियो विगतमा यसो विचार गर्नु त ?’
प्रतिक्रिया दिनुहोस !