सदनको अवरोध हटाउन विपक्षी दलहरु सहमत
काठमाडौं : बिपक्षी दलहरु सदनको गतिरोध हटाउन सहमत भएका छन् । बुधबार सिंहदरबारमा सत्ता पक्षसँगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य गर्न बिपक्षी दलहरु सहमत भएका हुन् ।
प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख समक्ष आग्रह गर्ने निर्णय भएको कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए । लामो समयसम्म सदन अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले सदनमा अवरोध नगर्ने तर आफ्ना मुद्दामा भने ध्यानाकर्षण गराइएने उनले बताए ।
प्रतिक्रिया दिनुहोस !