प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिलाई लिएर लगातार अवरुद्ध हुँदै आएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

तर, विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठक सञ्चालन हुन नदिने भन्दै पछिल्ला केही दिनदेखि सदन अवरुद्ध गरिरहेका छन्। यस कारण आज पनि सदन चल्न सक्ने सम्भावना न्यून रहेको छ।

यही जेठ १७ गते प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको अभिव्यक्ति दिएका थिए। त्यसैलाई लिएर विपक्षी दलले संसद् बैठक अवरुद्ध गर्दै आएका हुन्।

आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। त्यस्तै, अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि उक्त विषयमा छलफल सुरु हुनेछ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको ब्यहोरा जानकारी गराउने तथा 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२' राष्ट्रिय सभाबाट अवधिभित्र फिर्ता नभएको सभालाई जानकारी गराउने कार्यक्रम छ।

यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.