विवाद भएपछि महोत्तरीमा रास्वपाको बन्द सत्र स्थगित
महोत्तरी : महोत्तरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनको बन्द सत्र स्थगित गरिएको छ । जिल्ला अधिवेशन अन्तर्गत बन्द सत्र निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न पक्षबीच छलफल भइरहेको र सहमतिको प्रयास जारी रहेता पनि विवाद भएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द सत्र स्थगित गरिएको हो ।
प्रकाशित सूचनाअनुसार जिल्ला महाधिवेशन प्रतिनिधिहरूसँग थप छलफल तथा सहमतिका आधारमा प्रक्रिया अघि बढाइने जनाइएको छ । अधिवेशनको विषयलाई लिएर पार्टीभित्र विभिन्न धारणा र आन्तरिक समन्वयको आवश्यकता देखिएकाले निर्वाचन प्रक्रिया तत्काल अघि नबढाइएको बताइएको छ ।
सूचनामा रास्वपाका केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधि तथा आयोजन समितिका पदाधिकारीहरूको हस्ताक्षर समेत रहेको छ । उक्त सूचना अधिवेशन निर्वाचन समिति महोत्तरीका संयोजक मनिषकुमार साहद्वारा जारी गरिएको हो ।
प्रतिक्रिया दिनुहोस !