चुनाव जितेपछि कमाएको इज्जत फाल्दिनँ : सुधन गुरुङ
गोरखा : प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङले गृह मन्त्रालयमा पुनः फर्कन सक्ने संकेत गरेका छन् । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालयमा पुनः फर्र्किएपछि फोटो खिचाउन, खादा माला लगाउन पहिलो दुई महिनासम्म मन्त्रालयमा नधाउन अनुरोध पनि गरेका छन् ।
सम्पति छानबिन आयोगबाट सफाइ पाउने संकेत गर्दै उनले भने, ‘सम्पति छानबिन आयोगबाट सफाई पाइहालें र म पुरानै जिम्मेवारी फर्किहालेको खण्डमा मलाई पहिलो दुई महिना समय दिन अनुरोध गर्दछु’, उनले भने, ‘त्यतिखेर यो फोटो खिच्ने र खादा लाउने, बधाई दिने काम नगरौँ । मन्त्रालय धाउने काम नगरौँ । पहिलो दुई महिनाको समय दिनुस्, त्यति बेलासम्म म सबै कुरा स्थापित गरिदिन्छु । त्यसपछि पनि भएन भने, बाबु तिमीले बोलेको भएन भनिदिनुहोस् । म तपाईहरुको छोरा जस्तो हो ।’
गुरुङले आफ्नो धरातल नर्बिसिएको भन्दै आफूले ठूलो नेताले जस्तो रबाफ नदेखाएको र पछि पनि रवाफ नदेखाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘तपाईहरुसँग हात जोडेर चुनाव जितेपछि कमाएको इज्जत म फाल्दिनँ । यो मेरो बाचा हो ।’ उनले अधिवेशनमा अस्वस्थ लुछाचुँडी नगर्न पनि आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !