सुदूरपश्चिम : कांग्रेस मन्त्री फेर्दै, एमालेभित्र पनि बढ्यो दबाब

सुदूरपश्चिम : कांग्रेस मन्त्री फेर्दै, एमालेभित्र पनि बढ्यो दबाब
फाइल फोटो
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने भन्दै कांग्रेसभित्रको विवादमन्त्री  परिवर्तन गर्ने सहमतिमा टुंगिए लगत्तै एमालेभित्र पनि मन्त्री फेरबदलको दबाब बढेको छ । कांग्रेसभित्र दलको नेता परिवर्तनको विवाद मन्त्रालय भागबण्डामा सहमति भएसँगै टुङ्गिएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेको गठबन्धन सरकार छ । कांग्रेसको भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय (मन्त्री र राज्यमन्त्री), आर्थिक मामिला मन्त्रालय (मन्त्री र राज्यमन्त्री) थियो । 

नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भएपछि अहिले गगन पक्षले पनि सरकारमा भाग खोजेको हो । कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार अहिले मुख्यमन्त्री कमलबहादुर शाह परिवर्तन नहुने तर गगन पक्षलाई २ मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको हो ।
मुख्यमन्त्री शाह देउवा पक्षका हुन् । उनले आर्थिक मामिला मन्त्री र सामाजिक विकास राज्यमन्त्री लिने सहमति भएको छ । गगन पक्षलाई सामाजिक विकास मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र  सामाजिक विकास राज्यमन्त्री दिने सहमति भएसँगै दलको नेता परिवर्तनको विवाद सकिएको छ ।

कांग्रेसबाट को–को बन्दैछन मन्त्री ?
कांग्रेसबाट गगन पक्षका पदमबहादुर शाही र मानबहादुर रावल, बेलबहादुर रानाको नाम मन्त्रीका लागि चर्चामा आएको छ । तीन जनामध्ये २ जना मन्त्री बन्ने बताइएको छ । यस्तै गीता चौधरी, तुलसी देवकोटा र जुना दानीका नाम राज्यमन्त्रीका लागि चर्चामा आएको छ । 

देउवा पक्षको भागमा परेको आर्थिक मामिला मन्त्रीमा विक्रमसिंह धामी र डम्बरी महरा (रक्षा) को नाम चर्चामा छ । नेपाली कांग्रेसका १८ प्रदेश सभा सदस्यमध्ये ९ जना मुख्यमन्त्री कमलबहादुर शाह (देउवा पक्ष) मा छन् भने गगन पक्षका ८ जना प्रदेश सभा सदस्य छन् । देउवा पक्षका प्रकाश देउला जेनजी आन्दोलनपछि अमेरिका बस्दै आएका छन् ।

एमालेमा पनि मन्त्री परिवर्तनको दबाब
कांग्रेसभित्र दलको नेता परिवर्तनको चर्चा चल्नु अघि नेकपा एमालेभित्र पनि दलको नेता परिवर्तन गर्ने र सरकारमा रहेका मन्त्री परिवर्तनको कुराले ब्यापकता पाएको थियो । एमाले संसदीय दलभित्र दलको नेता विवाद बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशसभा सदस्यलाई गुन्डु बोलाएर अहिले दलको नेता परिवर्तन र दलको नेता परिवर्तन गर्ने बेला नभएको भन्दै सम्झाएर पठाएका थिए । 

विहीबार पनि पार्टी अध्यक्ष समक्ष सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्री परिवर्तन गर्ने कुरा चलेपछि ओलीले परिवर्तन गर्ने भन्दै फर्काइ दिएका थिए । तर कांग्रेसले मन्त्री हेरफेर गर्ने गृहकार्य गरेसँगै सत्तारुढ नेकपा एमालेभित्र पनि आफ्ना मन्त्रीहरू परिवर्तन गर्नुपर्ने माग उठेको छ । एमालेका मन्त्रीहरू हेरफेर गर्ने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक परामर्श शुरू गरेको स्रोतले बतायो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.