रास्वपा प्यूठानको नेतृत्वका लागि रवि–बालेनको समूह प्यानल नै बनाएर प्रतिष्पर्धामा
प्यूठान : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको प्रथम जिल्ला अधिवेशनबाट नेतृत्व छनौटका लागि निर्वाचन हुने भएको छ । दुई समूह प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
अहिलेका जिल्ला सभापति विकास पोख्रेल र माण्डवी गाउँपालिकाका निवर्तमान अध्यक्ष बमबहादुर सुनारको नेतृत्वमा दुई समूहले मनोनयन दर्ता गराएका छन् । पोख्रेल पार्टी सभापति रवि लामिछाने र सुनार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह समूहको प्रतिनिधिका रुपमा प्यानल तयार गरेको प्रतिनिधिहरु बीच चर्चा चलेको छ ।
जुिम्रस्थित होटल आयुष्मामा जारी अधिवेशनमा पोख्रेलको प्यानलबाट उपाध्यक्षमा केशवबहादुर महतरा, सचिवमा यज्ञवीर पाण्डे, सहसचिवमा डा. ओमहरि भट्टराई र सदस्यहरुमा विशाल पौडेल, शंकर भण्डारी, शिशिर रिजाल, रेगमबहादुर पुरी रहेका छन् ।
सुनारको प्यानलबाट उपाध्यक्ष दलबहादुर केसी, सचिव वलबहादुर महतरा, सहसचिव मदनकुमार पोख्रेल र सदस्यहरुमा मदन भण्डारी, खुमबहादुर खत्री र मिनराज सुवेदी रहेका छन् । सदस्यहरुमा खिमे सुनार, विमला रावल क्षेत्री, सीता थापा र विपना सुनार निर्विरोध चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस !