सुनको भाउ एकै दिन प्रतितोला ८ हजार २ सय रुपैयाँ घट्यो
काठमाडौं : नेपालमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको छ ।
महासंघका अनुसार आज एक तोला सुन ३ लाख ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी ३३५ रुपैयाँ घटेर प्रतितोला चाँदीको मूल्य चार हजार ८९५ रुपैँयामा कारोबार भइरहेको हो।
गत शुक्रबार एक तोला सुन ३ लाख ९ हजार रुपैयाँमामा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !