विराटनगरमा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक

विराटनगरमा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक
सुन्नुहोस्

विराटनगर : ओमोडा एन्ड जाएकू ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले विराटनगरमा नयाँ विद्युतीय एसयूभी ‘ओमोडा ई५ प्रो’ सार्वजनिक गरेको छ। कम्पनीले गोग्राहा चोक, बरगाछीस्थित शोरुममार्फत उक्त गाडी नेपाली बजारमा ल्याएको हो।

कम्पनीका अनुसार नेपाली सडकमा १,५०० भन्दा बढी युनिट बिक्री भइसकेको ओमोडा ई५ को सफलतापछि थप परिष्कृत प्रविधि, प्रिमियम सुविधा र आधुनिक ड्राइभिङ अनुभवसहित ई५ प्रो बजारमा ल्याइएको हो।

नयाँ ओमोडा ई५ प्रोमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री, ९९ किलोवाट क्षमताको मोटर तथा २८८ एनएम टर्क रहेको छ। यसले डब्लुएलटिपी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। गाडीमा १९१ एमएम ग्राउन्ड क्लियरेन्स र १८ इन्चका पाङ्ग्रा उपलब्ध छन्।

गाडीको बाह्य डिजाइनमा आकर्षक फ्रन्ट फेसिया, एरोडाइनामिक स्टाइलिङ तथा सिग्नेचर ‘फ्यान्टम विङ’ टेललाइट समावेश गरिएको छ। भित्री भागमा इलेक्ट्रिक सनरुफ, उच्चस्तरीय इन्टेरियर सामग्री तथा आधुनिक प्रविधियुक्त सुविधाहरू प्रदान गरिएको कम्पनीको दाबी छ।

ओमोडा ई५ प्रोमा चालकका लागि मसाज सिट, ८ वटा सोनी स्पिकर र १५.६ इन्चको वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले जडान गरिएको छ। सुरक्षाका लागि १९ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) फिचर तथा ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा समावेश गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले ओमोडा ई५ प्रोको मूल्य सिंगल टोन भेरियन्टको ५१ लाख ५९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टको ५१ लाख ९९ हजार रुपैयाँ तोकेको छ। सार्वजनिक अवसरमा पहिलो ५० ग्राहकका लागि ४९ लाख ९९ हजार रुपैयाँको विशेष सुरुवाती मूल्यसहित एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

नयाँ ओमोडा ई५ प्रोको बुकिङ तथा थप जानकारीका लागि विराटनगरस्थित आधिकारिक ओमोडा–जाएकू शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.