ज्योति विकास बैंकद्वारा स्वरोजगार प्रवर्द्धनका लागि सिलाई मेसिन प्रदान

ज्योति विकास बैंकद्वारा स्वरोजगार प्रवर्द्धनका लागि सिलाई मेसिन प्रदान
सुन्नुहोस्

ज्योति विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र १२ का सिलाई सम्बन्धी तालिम लिएका लक्षित वर्गका नागरिकहरूलाई स्वरोजगार प्रवर्द्धनका लागि सिलाई मेसिनहरू हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत स्थापना गरेको "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत उक्त सिलाई मेसिन प्रदान गरेको हो।

वीरेन्द्रनगर नगरपालिकाका स्थानीय निकायसँगको सहकार्यमा सम्पन्न उक्त पहलअन्तर्गत सिलाईसम्बन्धी ज्ञान, सीप तथा तालिम प्राप्त लक्षित तथा विपन्न वर्गका व्यक्तिहरूलाई सिलाई मेसिन प्रदान गरिएको हो। परम्परागत सीप र कलालाई व्यावसायिक रूपमा उपयोग गर्न सहयोग पुर्याउने उद्देश्यका साथ बैंकले उक्त सहयोग गरेको छ। 

बैंकको पहलमा प्रदान गरिएको सिलाई मेसिनले सीप भएका तर आवश्यक उपकरणको अभावमा आयआर्जनका अवसरबाट वञ्चित नागरिकहरूलाई स्वरोजगारतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास लिइएको छ। यस सहयोगले स्थानीयस्तरमा सीपमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्दै आर्थिक रूपमा कमजोर वर्गका व्यक्तिहरूको जीवनस्तर सुधारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। 

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्त्वलाई समुदायको आवश्यकता, समावेशी विकास र दिगो सामाजिक प्रभावसँग जोड्दै आएको छ। शिक्षा, स्वास्थ्य, जीवनस्तर सुधार, वातावरण संरक्षण तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्त्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। 

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्त्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। 

स्वास्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ७३ वटा न्यानो नानी मार्फत हरेक वर्ष २७०१ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। 

यस्ता जीवन रक्षण गर्ने सर्वप्रधान क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व वहन गर्दै गएको आर्थिक वर्षमा रु. ४१ करोड करमा योगदान पुर्याएको छ। साथै, चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म करिब रु. ६८ करोड राजस्व स्वरूप बुझाइसकेको छ। ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.