मधेस क्रिकेट लिगमा रौतहट र महोत्तरीको बिजयी सुरुवात

मधेस क्रिकेट लिगमा रौतहट र महोत्तरीको बिजयी सुरुवात
सुन्नुहोस्

कलैया : रौतहट र महोत्तरीले मधेस टी-२० क्रिकेट लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेका छन् । बारा र पर्सामा सुरु भएको प्रतियोगिताको पहिलो दिनमा रौतहटले सर्लाहीलाई र महोत्तरीले पर्सालाई पराजित गरेको हो। 

वीरगन्जस्थित टिबी शाह रंगशालामा भएको खेलमा महोत्तरीले पर्सामाथि ९ विकेटको जित निकालेको हो । पर्साले दिएको ७८ रनको लक्ष्य ७.५ ओभरमा पूरा गर्दै महोत्तरीले दुई अंक जोड्यो ।  

महोत्तरीका लागि ओपनर रविकुमार सिंहले अविजित ५० रन बनाए । प्लेयर अफ दि म्याच सिंहले २७ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । अर्का ओपनर महमद सर्फराज अंसारीले २० रन बनाए । पर्साका बलर अनुजकुमार चौहानले एक विकेट लिँदा अन्य बलर चल्न सकेनन् । 

यसअघि टस हारेर ब्याटिङ गरेको पर्साले १७.४ ओभरमा सबै विकेट गुमाएर ७७ रन जोडेको थियो । पर्साका महमद समीरले २३ र चन्दन रामले १६ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

महोत्तरीका रमेश सहनी र आकाश मण्डलले तीन÷तीन विकेट लिए । यस्तै रविकुमार सिंहले दुई र नितेश यादवले एक विकेट हात पारे । 

यसैगरी अर्को खेलमा रौतहटले सर्लाहीलाई ६ विकेटले पराजित गर्दै दुई अंक जोडेको छ । टस जितेर ब्याटिङ गरेको सर्लाहीले १६.१ ओभरमा सबै विकेट गुमाएर ५९ रन जोडेको थियो । सर्लाहीका अलि हसनले १८ र हेमन्त सिंहले १६ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । 

रौतहटका मुकेश राम एक्लैले चार विकेट लिए । राम प्लेयर अफ दि म्याच घोषित भए । यस्तै राजेश यादव, आशिक बैठा र डब्लु मल्लिकले दुई-दुई विकेट लिए । 

सर्लाहीले दिएको ६० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको रौतहटले ८.१ ओभरमा चार विकेट गुमाउँदै जित निकाल्यो । रौतहटका बिजय गुप्ताले ३४ र डब्लु मल्लिकले १५ रन बनाए । सर्लाहीका अभय यादवले चार विकेट लिए ।

यसैगरी कलैयास्थित सिद्धेश्वर खेल मैदानमा तय भएका दुई खेल भने खराब मौसमका कारण रद्द भएका छन् । बारा र सप्तरी तथा धनुषा र सिरहाबीचको खेल रद्ध भएको मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभाष जयसवालले जानकारी दिए । 

खेल रद्द भएपछि चार वटै टोलीले एक÷एक अंक बाँडेका छन् । प्रतियोगिता अन्तर्गत बिहीबार सिद्धेश्वर खेल मैदानमा दुई खेल हुनेछन् । पहिलो खेलमा सिरहा र सप्तरी भिड्नेछन् भने दोस्रो खेल बारा र धनुषाबीच हुनेछ । 

यसैगरी टिबी शाह मैदानमा हुने पहिलो खेलमा पर्सा र रौतहट भिड्नेछन् भने दोस्रो खेलमा महोत्तरी र सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ । वीरगन्जस्थित टिबी शाह मैदानमा भएको खेलको उद्घाटन मधेस प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले उद्घाटन गरेका थिए । प्रतियोगिता जेठ ८ गतेसम्म संचालन हुनेछ ।

राउण्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो संस्करणको उपाधि बाराले जितेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.