निजगढले उचाल्यो परवानीपुर गोल्डकप

निजगढले उचाल्यो परवानीपुर गोल्डकप
सुन्नुहोस्

सिमरा : पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबले उचालेको छ। आयोजक शक्ति युवा क्लबलाई ३–० गोलले पराजित गर्दै निजगढले उपाधि उचालेको हो। निजगढका सन्तबहादुर गुरुङले दुई र सृजन क्षत्रीले एक गोल गरेका थिए।

खेलको ५६औं मिनेटमा सन्तबहादुरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि ५९औं मिनेटमा गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दा निजगढले २–० को अग्रता बनाएको थियो। दुई गोलले पछि परेको आयोजक दबाबमा देखिएको थियो। निजगढले निर्धारित समयपछि थपिएको ६ मिनेटको अतिरिक्त समयमा तेस्रो गोल गरेको थियो। सृजन क्षत्रीले गोल गर्दै जित फराकिलो पारेका थिए। 

उपाधि विजेता निजगढले दुई लाख र उपविजेता आयोजकले एक लाख रुपैयाँ पुरस्कार हात पार्न सफल भयो। प्रतियोगिताको प्लेयर अफ द सिरिज शक्ति युवा क्लबका कप्तान सन्दीप यादव घोषित भए। उनले पाँच हजार एक सय रुपैयाँ हात पारे।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक युनेश चौधरी, उत्कृष्ट फरवार्ड विक्रम थोकर, उत्कृष्ट मिडफिल्डर अजित चौधरी र उत्कृष्ट प्रशिक्षक निजगढका सन्तोष गुरुङ घोषित भए। उनीहरूले जनही दुई हजार एक सय रुपैयाँ प्राप्त गरे। फाइनल खेलको प्लेयर अफ द म्याच सन्तबहादुर गुरुङ घोषित भए।

विजेता, उपविजेता र विधागततर्फका उत्कृष्ट खेलाडीलाई परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मी, वीरगन्ज महानगरपालिका २१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियार, पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसिया, शक्ति युवा क्लबका अध्यक्ष सुबोध गुप्ता, प्रतियोगिता संयोजक सञ्जय मण्डललगायतले पुरस्कार वितरण गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.