निजगढ फाइनलमा प्रवेश, मकवानपुर स्तब्ध

निजगढ फाइनलमा प्रवेश, मकवानपुर स्तब्ध
सुन्नुहोस्

सिमरा : निजगढ फूटबल क्लब पाँचौं परवानीपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइनल खेलमा एन्फा मकवानपुरलाई २-१ ले पराजित गर्दै निजगढ फाइनलमा प्रवेश गरेको हो । 

निजगढको जितमा सन्तबहादुर गुरुङले दुई गोल गरे । मकवानपुरका लागि भने अभिषेक कुमारले एक गोल गरे । 

खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा मकवानपुर पराजित भएको हो । खेलको १४औं मिनेटमा गोल गर्दै अभिषेकले मकवानपुरलाई अग्रता दिलाएका थिए । 

तर मकवानपुरको अग्रता टिक्न सकेन । खेलको ३९औं मिनेटमा निजगढका सन्तबहादुरले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ६५औं मिनेटमा अर्को गोल थप्दै सन्तबहादुरले निजगढलाई २-१ को जित दिलाए । 

सन्तबहादुर प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जतनराउत कुर्मीले दुई हजार एक सय नगदसहित पुरस्कृत गरे । निजगढले अब उपाधिका लागि शनिबार आयोजकसँग भिड्नेछ । 

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन् । फाइनलअघि शुक्रबार वीरगन्ज युथ क्लब र निजगढ फुटबल क्लबको मैत्रीपूर्ण खेल हुनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.