प्रधानमन्त्री कप फाइनल : आर्मीले पायो १६२ रनको लक्ष्य

प्रधानमन्त्री कप फाइनल : आर्मीले पायो १६२ रनको लक्ष्य
सुन्नुहोस्

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा विभागीय टोली त्रिभुवन आर्मीले एक सय ६२ रनको लक्ष्य पाएको छ । वीरगन्जस्थित नारायणी मैदानमा शुक्रबार बिहान टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाएर १६१ रन जोडेको हो ।

सुदूरपश्चिमका लागि अशोक धामीले सर्वाधिक ४३ रन जोडे । किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन बनाउँदा अरु ब्याटर चलेनन् । आर्मीविरुद्ध खराब सुरुवात गरेको सुदूरपश्चिमको पालिलाई अशोक,किरण र नारायणले सम्हाले पनि प्रतिस्पर्धात्मक योगफल तयार पार्न सकेनन् ।

सुदूरपश्चिमले ३१ रनको स्थितिमा पाँच विकेट गुमाएको थियो । सुरुवाती पाँच ब्याटरले दोहोरो अंकमा रन जोड्न नक्सदा महत्वपूर्ण उपाधि भिडन्तमा सुदूर निरिह बन्न पुग्यो । कप्तान शेर मल्ल एक रनमै आउट भए ।

सुदूरपश्चिमलाई सस्तैमा समेटने क्रममा आर्मीका आकाश चन्द र साहब आलमले तीनरतीन विकेट लिए । बसिर अहमदले दुई विकेट हात पार्दा कुशल मल्लले एक विकेटले लिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.