सेयर बजारमा २२ अंकको वृद्धि, कुन समूहको बढ्यो,कसको घट्यो ?
काठमाडौं : मंगलबार सेयर बजारमा सुधार देखिएको छ। अघिल्लो दिन सोमबार २६.७२ अंकले घटेको नेप्से परिसूचक यसदिन २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको हो। नेप्से बढे पनि कारोबार रकममा भने सोमबारको तुलनामा कमी आएको छ।
यसदिन ३४६ वटा स्क्रिप्सको १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ५ अर्ब ६१ करोड मूल्य बराबरको कारोबार भएको थियो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४६ करोड मूल्य बराबरको कारोबार भयो।
कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सेन्ट्रल फाइनान्सको सेयर १३.६७ प्रतिशतले बढ्दा क्रिष्ट माइक्रो फाइनान्सको १०.५७ प्रतिशत र नेपाल रिइन्स्योरेन्स र गोर्खाज फाइनान्सको ९ प्रतिशतले बढ्यो।
यसदिन कारोबारमा आएकामध्ये १८४ वटा स्टक्सको मूल्य बढ्दा ७७ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए। आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ६ प्रतिशतले बढ्यो।
प्रतिक्रिया दिनुहोस !