धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ
सुन्नुहोस्

धनुषा : धनुषाबाट घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ परेका छन् । शुक्रबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी बेस क्याम्प नक्टाझिजका प्रहरी निरीक्षक ओकिल अधिकारीलाई लालगढबाट ४० हजार घुससहित नियन्त्रणमा लिएको हो ।

लालगढस्थित आदर्श राष्ट्रिय माध्यमिक विद्यालय अगाडिबाट उनलाई घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासका प्रमुख राम बहादुर कुरुम्वाङले अन्नपूर्णलाई जानकारी दिए । उनका अनुसार मुचुल्कासहितको आवश्यक प्रक्रिया पूरा गर्ने कार्य भइरहको छ ।

अख्तियार स्रोतका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.