कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा रहेको एक मन्दिरमा मुस्लिम समुदायका केही युवाले तोडफोड गरेको विषयमा उत्पन्न विवाद चर्कदै गएपछि शनिबार दिउँसोदेखि लगाइँदै आएको निषेधाज्ञा आजबाट हटाइएको छ ।
शनिबार, आइतबार र सोमबार तीन दिन लगाइएको निषेधाज्ञा आज विहान ९ बजेबाट हटाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । निषेधाज्ञा हटेसँगै जिल्ला सदरमुकाम तौलिहवामा जनजीवन सामान्य बनेको छ । २ दिनसम्म बन्द भएका तौलिहवा क्षेत्रका वैक तथा वित्तीय संस्थाहरु र विद्यालयहरु आजबाट सुचारु भएका छन् । सबै क्षेत्रमा यातायातका साधनहरु सञ्चालनमा छन् ।
यसैबीच स्थानीय प्रशासनले धार्मिक सद्भाव विथोल्न खोजेको भन्दै १० जनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए । शनिबार स्थानीय प्रदर्शनकारी र प्रहरीबीचको झडपमा सुरक्षाकर्मीतर्फको गोली लागेर घाइते भएका ४ जनाको उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस !